Friday, April 14, 2017

के कारणले रगतमा युरिक एसिडको मात्रा बढ्छ ?

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ ।

मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नु पर्ने अनिवार्य हुन्छ ।

विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन् । पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु । दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु ।

 तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो । यो अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्न ठूलो सहयोग पु¥याउछ ।

त्यो हो युरिक एसिडको शरीरमा उत्पादन प्रचुर मात्रामा पनि हुनु र साथै मृगौलाले सामान्य अवस्थामा पिसाव भएर निष्कासन गर्नु पर्ने युरिक एसिडको पनि मात्रामा ह्रास आउनु । फलस्वरुप रगतमा युरिक एसिडको स्तर बढ्ने गर्दछ । भोको अवस्थामा मृगौलाबाट  ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले त्यसले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याएर रगतमा युरिक एसिडको स्तर उच्च गर्दछ । रक्सी, खास गरेर बियरले, शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ । स्वास्थ्य खबरपत्रिका

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment