Monday, April 10, 2017

बर्दियाको भुरीगाउँमा बस दुर्घटना, ३४ जना घाइते

– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

 सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

बस राजमार्गमै पल्टिएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment