२. स्याउ : छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने भिटामिन सी छालाको लागि फइदाजनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियम छालाको लागि जरुरी हुन्छ ।
३. मेवा : मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ ।
४. आनार : आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी एसिड ले छालाका कोष पुननिर्माण गर्न मद्दत गर्छ । त्यस्तै रातो रक्तकोषको मात्रा बढाई स्वस्थ रक्त प्रवाहको लागि पनि आवश्यक हुन्छ । अनार एक प्राकृतिक मोस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि यो फाइदाजनक हुन्छ ।
५. खर्बुजा : खर्बुजामा प्रसस्तमात्रामा हुने पानीले शरीरलाई सदैव हाइड्रेटेड राख्न मद्दत गर्छ । यसमा हुने लाइकोपिन, भिटामिन सी र भिटामिन एले छाला बूढो हुनबाट जोगाउँछ । खर्बुजाको रस छालामा लगाउनाले छालामा जम्मा भएका फोहर सफा गर्न र छाला स्वस्थ राख्न मद्दत गर्छ ।
–
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment