कर्मचारीका अनुसार ७ बजेतिर धावन मार्गमा चितुवा देखिएको थियो । चितुवा देखिने वित्तिकै सुरक्षाकर्मी र विमानस्थलमा रहेका सिकारीलाई खबर गरिएको थियो ।
अहिले चितुवा देखिएको छैन । सुरक्षाकर्मी र सिकारी मिलेर चितुवाको खोजी कार्य जारी छ ।
ती कर्मचारीका अनुसार विमानस्थल अनिश्चितसमयसम्म बन्द गरिएको छ । उनले भने, 'हामीले यति नै बजेसम्म बन्द भनेर भनेका छैनौं । चितुवाको वस्तुस्थिति थाहा नलागुन्जेल विमानस्थल बन्द हुन्छ ।'
यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । अहिले अवतरणको लागि एरयर अरेबिया र ड्रुक एयर आएका थिए । दुवै जहाज आकाशमा होल्ड छन् भने जेट एयरवेज उड्ने तयारीमा थियो । जेटका सबै यात्रुहरु बोर्डिङ भइसकेपनि चितुवा आएका कारण रोक्किएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment