घटनाको जानकारी पाएलगत्तै उपप्रधान एवं गृहमन्त्री निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् ।
घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । घाइतेको उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।
बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीबी लोडर पठाइसकिएको छ । दुई जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको गृह मन्त्रालयले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment