उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो ।
विगत ११ वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी बहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपूगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’
‘२०६३ सालमा जनचाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसँग बनेको सहमतिअनुसार संसद पूनस्र्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पूनस्र्थापना पछि पूर्वसहमति प्रतिकुल निर्णय हूँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र बिन्दुमा राखी मौनतापुर्वक साथ दिएका हौं ।
यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मप्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ ।
जनताको चाहना बमोजिम शान्ति, स्थिरता र संवृद्धिको मार्ग तय गर्ने दिशामा पटकपटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको छ ।
नेपाल समाचारपत्रबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment