Wednesday, April 12, 2017

भित्री बस्त्रमा चरेस लुकाएर टर्की हिँडेकी युवतीसहित २ पक्राउ

काठमाडाैं– भित्रि वस्त्रमा चेरस लुकाएर टर्की हिँडेकी २४ वर्षीया सोय सेलेन नाम गरेकी एक युवती पक्राउ परेकी छन् । चरेस लुकाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोले बुधबार दिएको जानकारी अनुसार उनी २८ गते टर्की जान विमानस्थल पुगेकी थिइन् । जाँचका क्रममा ब्राभित्र पातलो प्लास्टिककमा बेरेर राखेको ४८ ग्राम र पेन्टीभित्र गोप्य अगंमा लुकाएको २५३ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी युवतीले बयानमा अर्का टर्किस नागरिक एर्गुनी केमाल नामका व्यक्तिसँग किनेको खुलाएपछि ब्युरोले उनलाई बिमानस्थलको अन्तिम गन्तव्य कक्षमा फेला परेका थिए । बयानमा उनले आफूले पनि चरेस बोकेको तर डर लागेर स्टेरलाइज कक्षको फोहर फाल्ने भाँडोमा फालेको बयान दिएपछि प्रहरीले उनले भनेको स्थानमा १५९ ग्राम चरेस फेला पारेको थियो ।

दुबैलाई ब्युरोले लागू औषध तस्करी अभियोगमा हिरासतमा राखेको जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment