काठमाडौं, १९ चैत । काठमाडौंमा दिनदहाडै ५० तोला सुन नाटकीय रुपमा लुटिएको छ ।
काठमाडौँ महानगरपालिका–१९ मरुहिटीस्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भएको सुनका गर–गहना बनाउने कारखानाबाट २८ लाख मुल्य बराबरको ५० तोला सुन लुटिएको हो ।
भारत घर भएका शिव माइतीले संचालन गरेको कारखानामा शुक्रबार अबेर आएका ६ जना अपरिचित व्यक्तिहरुले लुटपाट मच्चाएका थिए । उनीहरुले हामी ‘प्रहरी हौं’ भन्दै हत्कडी र पेस्तोल देखाई गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरेको पीडितले जनाएका छन् ।
घटना शुक्रबार अबेरको भए पनि पीडितले आजमात्र प्रहरीलाई जानकारी गराएका थिए । लुटेराहरु फरार रहेकाले खोजी भइरहेको महानगरीय प्रहरीले बताएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment