Tuesday, April 11, 2017

उपत्यका उच्च भूकम्पीय जोखिममा, विज्ञले औंल्याए ठूलो मानवीय क्षतिको खतरा

उपत्यका उच्च भूकम्पीय जोखिममा, विज्ञले औंल्याए ठूलो मानवीय क्षतिको खतरा
काठमाडौँ, चैत २९- काठमाडौँ उपत्यका भूकम्पीय जोखिममा रहेकाले सोको न्यूनीकरणका अपनाउनुपर्नेमा जोड दिइएको छ ।

सहरी विकास र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोक जाइकाको संयुक्त आयोजना आज आयोजित ‘काठमाडौँ उपत्यकामा भूकम्पीय जोखिम मूल्याङ्कन’ विषयको दोस्रो सत्रमा वक्ताले उपत्यका भूकम्पीय जोखिममा रहेकाले न्यूनीकरण उपाय नअपनाए ठूलो मानवीय क्षति हुने बताए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा भूकम्पपीय जोखिम न्यूनीकरण गर्न मन्त्रालयले भूकम्प प्रतिरोधी मापदण्डका घर बनाउनका लागि भवन निर्माण आचारसंहिता संशोधनको तयारी गरेको जानकारी गराए ।

 “उपत्यकामा हामीले भूकम्प प्रतिरोधी घर बनाउनका लागि मात्र अनुमति दिएका छौँ”, उनले भने, “अब आचारसंहिता संशोधन गरेर देशभरि नै तोकिएको मापदण्डमा मात्र घर बनाउन निर्देशन दिन्छौँ ।”

उनले अहिले पनि उपत्यकामा प्रभावकारी रुपमा भवन आचारसंहितामा मापदण्ड कार्यान्वयन गर्न नसकेको जनाउँदै अब संशोधनमा कार्यान्वयनको पक्षलाई कडा पारिने बताए । उनले उपत्यकाका विद्यालय, अस्पताल, ठूलाठूला पसल अझै पनि भूकम्पीय जोखिममा रहेको उल्लेख गरे ।

मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले उपत्यकामा सात प्रतिशत घर मात्र आचारसंहिताको मापदण्डमा बनेको र अझै धेरै घर जोखिममा रहेको बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment