काठमाडौँ । मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ।
अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ। विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् ।
तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ।
१४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रित गरी एक्सेटर विश्वविद्यालयको अनुसन्धान टोलीले पछिल्लो निष्कर्ष निकालेको हो । अनुसन्धान टोली प्रमुख डाक्टर फिओला म्याथ्यूजका अनुसार मोबाइल फोनको रेडियसनले प्रजनन क्षमतामा असर पूराउने पक्का भएपनि यसमा थप अनुसन्धान भने आवश्यक छ। उनका अनुसार यो अध्ययनबाट पाइन्टको गोजीमा मोबाइल फोन बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा अझै बढि नकारात्मक असर पूराउँछ।
शोधकर्ताहरुका अनुसार मोबाइल फोनको विकिरणले ३ तरिकाबाट शुक्रकिटको गुणास्तरमा असर पूराउँछ । पहलिो भाएबिलिटी अर्थात् शुक्रकिटको स्वास्थ्य, दोश्रो मोबिलिटी अर्थात् शुक्रकिट अण्डातर्फ प्रवाहित हुने प्रक्रिया तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या । मानिसको विर्यमा सामान्य प्रवाह भएका ५० देखि ८५ प्रतिशत सम्म शुक्रकिट हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो भने त्यस्ता सामान्य शुक्रकिटको संख्या ८ प्रतिशतले घट्छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment