सोमबार बेलुकादेखि काठमाडौं महानगरपालिकाले दमकल प्रयोग गरी सडक सफा गर्ने अभियान सुरु गरेको हो
। मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे भए काठमाडौंबासीले सास्ती खेप्नुपरेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल र नियमित रुपमा सडक सफा गर्न मन्त्रालय र महानगरपालिकाका कर्मचारीलाई निर्देशन दिएका थिए ।
सरकारले ब्रुमर खरिद गर्न ९ करोड निकासा गरेपछि महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकहरुमा पानीको फोहोराले सडक सफा गर्न थालेको हो । अभियानअन्तर्गत सोमबार बेलुका काठमाडौंको कमलादी, पुतली सडक आसपासका क्षेत्रको सडक सफा गरिएको छ । सवारी साधनको चापलाई मध्यनजर गरी महानगरपालिकाले रातिको समयमा सडक सफा गर्न लागेको हो ।
प्रधानमन्त्रीले सफाई अभियानका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको तर अभियान छिटो सुरु गर्नुपर्ने निर्देशन दिएपछि महानगरपालिकाले अब नियमितरुपमा सडक सफा गर्न लागेको हो ।
पहिलो चरणमा मेलम्चीको पाइप बिच्छाएर पीच गरिएका सडकहरु सफा गरिनेछ । सडक सफा गर्न रातिको समयमा महानगरले दुई वटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गर्नेछ । बालाजुबाट पानी ल्याएर सडक सफा गरिने छ ।
दैनिक ४ देखि ६ किलोमिटर सडक सफा गर्ने महानगरपालिकाको तयारी छ । राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिनेछन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइनेछ ।
प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौं महानगरपालिकाका प्रमूख कार्यकारी ईश्वर पौडेल आफैं सडक सफाई अभियानमा खटिएका छन् । पौडेलको क्रियाशीलतापछि उपत्यकाको सफाई अभियानले गति लिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment