पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ । एमाले काठमाण्डुमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर पार्टीको आन्तरिक काम भइरहेको छ ।
स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित अन्य उम्मेदवारको टुङ्गो लगाउने बेलामा पार्टी आन्तरिक झमेलामा फसेपछि उम्मेदवार टुङ्गो लगाउने विषय पनि ओझेलमा परेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्
। ‘यो झमेला कायमै रहे अब आउने निर्वाचनमा त्यसको नकारात्मक असर पर्छ,’ उनले भनिन् ।
चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौँको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य छन् । समितिले आन्तरिक विवाद सल्टाउने गरी छलफल सुरू गरे पनि अहिलेसम्म टुङ्गो नलागेको उपाध्यक्ष शाक्यले जानकारी दिइन् ।
‘प्रमुख दुई गुटको आन्तरिक समस्याले काठमाण्डुमा विवाद बढेको हो, नेताहरूको सीधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो छ,’ उनले भनिन् । गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन् ।
एमालेमा गुटगत समस्या देशैभर भए पनि काठमाडौँमा सबैभन्दा बढी रहेको बताउँदै उपाध्यक्ष शाक्यले भनिन्, ‘शीर्ष नेताहरूको प्रत्यक्ष अप्रत्यक्ष छायाँमा समस्या समाधान गर्न कठिन भइहेको छ, यस्तै भइरहेमा अबको निर्वाचनमा यसको सीधै असर पर्छ ।’
अरू दललाई चुनावको चटारो छ, एमालेलाई आन्तरिक समस्या समाधानकै चटारो छ भन्दै उपाध्यक्ष शाक्यले समस्या सल्टाएरमात्र निर्वाचनमा जाने बताइन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment