Tuesday, April 11, 2017

यसकारण पुरुषसँग टाढिन्छन् महिला

। यौन जीवनमा सम्मान दिन नसके महिलाहरु पुरुषको जीवनबाट टाढिने वा यौनिक जीवनमा विकल्प खोज्न थाल्ने शोधले देखाएको छ ।डेटिङ वेबसाइट भिक्टोरिया मिलानले चार हजार महिलामा गरेको अध्यनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

खासगरी सेक्सको समयमा ५ ब्यवहार महिलालाई पटक्कै मन पर्दैन ।

१. असभ्य ब्यवहारः

सेक्स गर्ने समयमा मोजा लगाएरै गर्ने, पुरै ओड्ने आफ्नो तर्फमात्र तान्ने, सेक्सपछि अर्कोतिर मुख फर्काएर सुत्ने वा फोनमा ब्यस्त हुने पुरुषलाई महिलाले घृणा गर्छन् ।

२. आत्मकेन्द्रितः

आफ्ना चाहाना पुरा गर्ने तिर मात्र ध्यान दिने र महिलाको इच्छाको कुनै वास्ता नराख्ने पुरषप्रति पनि महिलाको आकर्षण घट्छ र उनीहरुले नयाँ साथी बनाउने तर्फ लाग्छन् ।

३. अश्लिल बोलीः

महिलाहरु अश्लिल भाषा मन पराउँदैनन् । आफूलाई असहज लाग्ने भाषा बोलिरहने पुरुषबाट महिला विस्तारै टाढिन्छन् । अश्लिल चलचित्र देखाउने वा त्यसको बढि कुरा गरेको पनि महिलालाई मन पर्दैन ।

४. रचनात्मक ब्यक्तित्वः

महिलालाई रचनात्मक ब्यवहार देखाउने पुरुष मन पर्छ । सेक्स गर्दा पनि पार्टनरले कुनै आश्चर्य लाग्ने वा नयाँ ब्यवहार देखाएन भने पुरुषप्रतिको आकर्षण घटिहाल्छ र नयाँ साथीको खोजी शुरु हुन्छ ।

५ फोरप्लेः

महिलाहरु पुरुषले यौन सम्पर्क अघि आफूलाई यौनिक ब्यवहारबाट यौनका लागि तयार पारेको मन पराउछन् । महिलाको चाहान ख्यालै नगरी जवर्जस्ती यौन सम्पर्कमा मात्र जोड दिने पुरुषबाट महिलाहरु विस्तारै टाढिन्छन् । महिलाहरुलाई चरम यौनान्दमा पुग्न धेरै समय लाग्ने भएका कारण पनि पुरुषले त्यसको ख्याल राख्नु पर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment