Monday, April 10, 2017

अमेरिका र रुसबीच घमासान युद्ध हुने संकेत

: अमेरिकी विदेशमन्त्री रेक्स टेलरसनले सिरियामा विद्रोहीमाथि गरिएको रसायनिक हमालाको जिम्मेवार रुस रहेको आरोप लगाएका छन् । जी-७ सदस्य राष्ट्रका विदेशमन्त्री स्तरीय भेटघाटका क्रममा इटालीमा रहेका टेलरसनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

 उक्त मिटिङ सकिने विक्तिकै टेलरसन रुसी विदेशमन्त्री सर्गेइ लावरोवसँग भेट गर्न मास्को जाने कार्यक्रम रहेको छ ।
२०१३ मा सिरियामा भएको रसायनिक हतियारको भण्डारलाई नष्ट गर्न सहमत भएको रुसले त्यसो नगरेका कारण रसायनिक हतियार आक्रमण भइ ८९ जनाले ज्यान गुमाउँन बाध्य भएको टेलरसनले दावी गरे ।
रुसले भने अमेरिकाको यस्तो आरोपको खण्डन गरेका छ ।

अमेरिकासँग सिरियामा रसायनिक हतियार भएको भन्ने कुनै प्रमाण नभएको भन्दै अमेरिकाले सिरियामाथि गरेका आक्रमण सन २००३ मा इराकमाथि गरेको आक्रमण जस्तै भएको दावी रुसले गरेका छ ।

सिरिया सरकारले गरेको रसायनिक हमलाको बारेमा जवाफ दिँदै रुसले भनेको छ 'विद्रोहीका लागि रसायनिक हतियार बनाउँने अखडामा हवाई हमला गर्दा त्यसको असर नजिकैका इलाकामा फैलिएको हो ।'

 अमेरिका लगायत केही पश्चिमा राष्ट्र र सिरियाका विद्रोहीले भने सिरियामा रसायनिक हतियार रहेको प्रमाण रहेको दावी गरिरहेका छन्।
अमेरिकाले सिरियामाथि थप आक्रमण गरेमा रुस, सिरिया र इरान त्यसको जवाफ दिने तयारीमा रहेको बताइएको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment