मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना गरेका थिए । यी ग्रन्थमा भएका सुत्र र नियमको सही रुपमा पालना गरेमा मानव जीवनमा प्रगति र समृद्धि प्राप्त हुने धारणा छ ।
चाणक्य नीतिमा पुरुष, महिला, बच्चा, बृद्ध लगायत सबैको बारेमा जानकारी मिल्दछ । ग्रन्थमा मित्र, शत्रु र मानवीय सम्बन्धका बारेमा गहिरो अध्ययन पाइन्छ ।
आचार्य चाणक्यको यस ग्रन्थमा धेरै नीति, सुत्रको व्याख्या पाइन्छ । महिलाहरुको बिषयमा आचार्य चाणक्यले बताएका कुराहरु निकै महत्वपूर्ण रहेका छन् ।महिलाहरुको स्वभाव,उनीहरुको सोच, ब्यवहारका बारेमा आचार्यले गहिरो अध्ययन गरेका छन् ।
महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन भनेका छन् चाणक्यले । उनको यस कुरामा धेरैको विमति पनि हुनसक्छ । तर चाणक्यले दिएको तर्कले उनको कुराप्रति विश्वस्त हुन सकिन्छ ।
चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् ।
आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् ।
स्त्रीको सुन्दरता आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।
स्त्रीको संस्कार
विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने ग्रन्थमा उल्लेख पाइन्छ । यी सबै कुरामा ध्यान दिन सकेमात्रै स्त्रीको विवाहको बारेमा निर्णय गर्नुपर्ने आचार्यले उल्लेख गरेका थिए । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।
आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ ।
स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment