चिनी धेर खाँदा दिमागमा असर परेर तनाव बढ्छ । शोधका अनुसार ५० ग्राम अर्थात् १२ चम्चाभन्दा बढी चिनी खाँदा दिमागका कोशिका बिग्रन्छन् । अनि पछि गएर स्मरणशक्ति नै हराउँछ ।
बेलायतको बाथ विश्वविद्यालयको यो अनुसन्धानले रगत चिनी ग्लुकोज र अल्जाइमर (स्मरणशक्ति हराउने) रोगबीचको सम्बन्ध खोतलेको थियो । आवश्यकताभन्दा बढी ग्लुकोजले एकखाले एन्जाइम ध्वस्त पारिदिन्छ । यही एन्जाइमले अल्जाइमरका शुरुवाती लक्षणबाट बचाउने हो ।
चिकित्सकहरू जहिले पनि चिनी कम खाने सल्लाह दिन्छन् । उनीहरूका अनुसार आजकलका मान्छेले नशाको लत लागेजस्तो गरी चिनी हसुर्छन् । एक दिन चिनी नखाँदा पनि यस्ता मान्छेको शरीर तड्पिन थाल्छ । चिनी धेरे खानाले दाँत पनि सड्दै जान्छ ।
चिनी धेर खाँदा मोटोपना पनि बढ्दै जान्छ । मोटोपनाले अनेकथरी रोग निम्त्याउँछ । मोटा मान्छेले त चिनी ठिक्क मात्र खानुपर्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment