प्रसँगको हो– सिरहाको सोठिआइनस्थित मनेलाल जनता माविको । यहाँ जारी कक्षा ८ को आधारभुत शिक्षा परीक्षामा सहभागी विद्यार्थीहरुले घरमै लगेर कापी तयार गरेको हो ।
सोठिआइन १ मा उक्त विद्यालय छन् । तर त्यहाँ अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले घरमै लगेर परीक्षा दिएका छन् । सोठिआइन ३ स्थित (करिब विद्यालयदेखि १ किलोमिटर टाढा) रहेको एउटा पक्की घरमा खुलेयाम चिट चोरेर विद्यार्थीहरुले परीक्षा दिइरहेको अवस्थामा विहिवार भेटियो ।
उनीहरुले उत्तर (प्रश्नपत्र) तयार गरिएको चिटबाट सारेर परीक्षाको कापी भर्दै थिए ।
विद्यार्थीले घरमै परीक्षा दिँदा त्यहाँका एक यूवकले तस्विर सार्वजनिक गरे । उनले हामीलाई उपलब्ध गराएको तस्विरमा घरमा दुई विद्यार्थी प्रश्नपत्र चिटबाट सारेर कापी तयार गरिरहेको प्रष्टै देखिन्छ ।
विद्यालयबाट कापी र प्रश्नपत्र लिएर कसरी भागेको प्रश्नमा ति विद्यार्थीले प्रष्ट भनेका छन्– सर कोही थिएन्, अनि लिएर भागे । लेखेर फेरी पुर्याइदिन्छु ।
विद्यार्थीले यसरी विद्यार्थीबाट कापी र प्रश्नपत्र लिएर घरमै लगी चिट चोरेर परीक्षा दिइरहेको हेर्दा शिक्षकहरुको कमजोरी प्रष्ट हुन्छ । यो शिक्षकको चरम लापरबाही हो– एक अभिभावकले भने । उनले भने– शिक्षकको मिलोमतोमा मात्र यसरी घरमै पुगेर परीक्षा दिनु सम्भव भएको हो ।
यता, उक्त विद्यालयमा मावि शिक्षक अमिर यादबले विद्यार्थीले घरमै कापी र प्रश्नपत्र लगेर परीक्षा दिएको गुनासो आएको स्वीकारे । उनले भने– यो हामी कहाँ आएको हो । बाहिरको मान्छेले हामीलाई भन्यो । तर आफै देखेनौं । घरमै परीक्षा दिइरहेको बेला समात्न सकेनौं ।
शिक्षक यादबको कुरा सुनेपछि उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद यादबलाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर उनी सम्पर्कमा आएनन् । उनको ९८४२८९४५१३ नम्बरमा फोन सम्पर्क गर्दा अर्का शिक्षक रामप्रसाद यादबले रिसिभ गरे । उनले भने– प्रअ ज्यूले मोवाइल विद्यालयमै विर्सिनु भएको छ । उहाँसँग अहिले सम्पर्क हुन सक्दैन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment