Monday, April 3, 2017

निर्माण भयो हावामा उड्ने कारः दुबईमा सफल परीक्षण, छिट्टै बजारमा आउने

 सडकमा गुड्ने मात्र होइन् अब हावामा उड्ने कार पनि निर्माण भएको छ ।

हावामा उड्ने यो कारको दुबईमा सफल परीक्षण गरिएको छ । यात्री आफैं चालक रहने यो कार एक सीट क्षमताको हुनेछ । यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ ।

सञ्चारमाध्यमका अनुसार चीनको एक प्रतिष्ठित कम्पनीले यो कार निर्माण गरेको हो । ३ सय मिटरको उचाईमा उड्ने यो कारले एक घण्टामा १ सय किलोमिटरको यात्रा पार गर्दछ ।

देशलाई सन् २०३० सम्म ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अनुसार दुबईले सवारी चाप कम गर्न यो कारको विकास गरेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment