Tuesday, April 25, 2017

महिलाको अधिकार खोस्नेगरी आरजुले संसदमा राखिन अनौठो माग ! (भिडियो सहित)

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले स्थानीय निर्वाचन ऐन २०७३ संशोधनको माग गरेकी छन् ।

यसका लागि सभामुखको रुलिङ आवश्यक रहेको भन्दै उनले सबैलाई आश्चर्यमा समेत पारिन् । जबकि ऐन संशोधनका लागि सदनमा विधेयक ल्याउने अधिकार क्षेत्र सरकारको हो ।

‘दलित महिला उम्मेदवार हुनैपर्ने व्यवस्था खारेज गरौं’

आजको संसद बैठकमा समय लिएर बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले महिलाको अधिकार कटौती गर्ने प्रस्ताव समेत गरिन् । आफै समेत महिला भएर उनले स्थानीय तह निर्वाचनमा प्रत्येक वडाबाट एकजना दलित महिला उम्मेदवार हुनै पर्ने व्यवस्था खारेजीको माग गरेकी हुन् । सबै स्थानीय तहका सबै वडामा दलित महिला उम्मेदवार नपाइने तर्क गर्दै उनले स्थानीय निर्वाचन ऐन २०७३ संशोधन गर्नपुर्ने प्रस्ताव समेत अघि सारिन् ।

सबै वडामा दलित महिला उम्मेदवार बने स्थानीय ऐनको दफा १७ को उपदफा ५ को १ मा रहेको विद्यमान व्यवस्थाले समग्र महिला उम्मेदवारीमा प्रतिकूल असर पर्ने उनको जिकिर छ ।

उनी बोलिरहँदा महिला सांसद हाँसिरहेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment