निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्य सम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हु्न ।
प्रधानमन्त्रीले मंगलवार उक्त सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
व्यवस्थापिका–संसद्को सुशासन समितिको आजको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदल यात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुलो, धुवाँ एवम् सवारीसाधनको मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सो सडकखण्ड चीन सरकारको सहयोगमा आठ लेनको बनाउने काम भइरहेको छ । प्रधानमन्त्रीले सडकको अवस्था सवारीसाधनको अवस्था र सडकमा रोकिएका सवारीसाधनदेखि निर्माण सामग्रीसमेत सडकमै रोकेकाप्रति गम्भीर चासो दिएका थिए ।
उक्त सडक खण्डमा ट्राफिक जामका कारण निकै कष्ट झेल्दै आएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment