Sunday, April 9, 2017

३ वर्षसम्म नङ नकाट्दा यस्तो भयो हालत….

३ वर्षसम्म नङ नकाट्दा यस्तो भयो हालत....
अधिकांस महिलाहरुको लामा लामा नङ पालेर त्यसमा थरी थरीका नङपालिस लगाएर चिटिक्क पार्ने शौख हुन्छ । यस्तै शौख जर्मनीको न्युरेम्बर्गमा बस्ने १६ वर्षकी साइमन टेलरको पनि थियो ।

जसका कारण उनले ३ वर्षसम्म आफ्ना नङ काटिनन् । जसका कारण उनले सुन्दरता होइन, धेरै दुख बेहोर्नु परिरहेको छ ।

स्कुले विद्यार्थी साइमनले सन् २०१४ देखि नङ काट्न छाडेकी थिइन् । जसका कारण अहिले उनका नङ ६ इन्च लामो भैसकेका छन् । सबै औँलामा लामा नङ हुँदा उनलाई निकै कष्ट हुन थालेको छ ।

लामा नङ हुँदा औँला निकै दुख्ने गरेको उनी बताउँछन् । साथै उनलाई कपडा लगाउन पनि निकै गाह्रो हुन्छ ।
नङकै कारण परीक्षामा लेख्नका लागि कलम समाउन पनि निकै समस्या हुन्छ ।

नङकै कारण उनले कुनै खेलकुदमा भाग लिन पाउँदैनन् । नङलाई स्याहार सम्हार तथा सरसफाइ गर्नका लागि उनले हप्तामा कम्तिमा एक घण्टा त छुट्टाउनै पर्दछ ।
सुरुमा नङ पाल्न थाल्दा आफुलाई अर्को दिनमै नङ काट्छु की भन्ने लाग्थ्यो रे उनलाई । तर अब चाहीँ नङ उनको जिन्दगीको हिस्सा बनिसकेको छ

। उनले अब नङ काट्ने बारेमा सोँच्न पनि सक्दिनन् । नुहाउँदा तथा कपडा फेर्दा नङ नटुटुन् भनेर आफुले विशेष ध्यान पूराउने उनी बताउँछिन् । एजेन्सी


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment