Monday, April 3, 2017

किन चल्यो हिसिला यमी विरुद्ध सामाजिक सञ्जालमा अभियान ?

–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पत्नी एवं नयाँ शक्ति नेपालकी नेतृ हिसिला यामी सामाजिक सञ्जालमा चर्चामा रहेकी छिन् ।

आइतबार निर्वाचन आयोग घेराउ गर्न गएकी यमी यसरी चर्चामा आउनुको कारण उनले लगाएको नारा हो ।

आयोगमा धर्ना दिन क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरी उनीसहित, बाबुराम भट्टरार्इ, सीपी गजुरेल लगायतका ३० बढी नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

 पक्राउ पर्दा यमीले ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाएको भन्दै विरोधको निशानामा परेकी हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #ArrestHisilaYami ट्रेन्डिङ चलाएका छन् । ट्रेन्डिङको सुरुवात कांग्रेस सांसद धनराज गुरुङ, एमाले पूर्व सांसद शान्त चौधरी, नयाँ शक्ति छोडेर हिजो मात्र फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बु लगायतले गरेका थिए । सामाजिक सञ्जालमा यमीलाई कारवाहीको माग गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment