Thursday, April 6, 2017

त्रिभुवन विमानस्थलभित्र यौन काण्डको भूकम्प

 । भिजिट भिषामा दुबई जाने क्रममा रहेकी एक युवतीसंग त्रिभुवन बिमानस्थालका एक कर्मचारीले रात बिताउन प्रस्ताव गरेपछि ति व्यक्ति न्युज-२४ टिभीको सक्रियतामा प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौं स्थायी घर भएका मोडलिङ गर्ने एउटा युवती घुम्न दुबई जाँदै थिईन् । सबै तयारी पुरा गरि विमानस्थल पुगेकी युवतीलाई बिभिन्न बहाना बनाई अध्यागन कर्मचारीले दुबई जान दिएनन् ।

पछी दुबई जान नपाएकी युवतीको सम्पर्कमा काठमाडौँ बसुन्धारा घर भएका प्रहरी मोहन बस्याल आए । आफूलाई अध्यागमनको कर्मचारी भन्ने बस्यालले ६० हजार रुपैयाँ दिए वा एक रात आफूसँग बिताए दुवई जान नरोकिने बताएका थिए ।

 दुबई जान रोकियेकी ति युवती मिडियाको समक्ष जाने कोसिस सहित न्युज-24 टिभीको कार्यालय पानीपोखरी आईपुगिन् ।

प्रहरी वस्यालले आफ्नो मोवाईल नम्वरबाट युवतीलाई म्यासेजमा डिस्काउन्ट सहित यौन अफर गरेका थिए । पहिले ६० हजार भनिएपनि बस्यालले ५० हजार रुपैयाँ र एक रात आफूसँग सुत्न गेष्टहाउस जान अफर गरेका थिए । न्युज-24 ले एक ख्यातीप्राप्त कार्यक्रम मार्फत ति युवतीको मुद्धालाई अघि बढाउंदै बस्याललाई हतकडी लगाउन सफल भयो ।

बेथितिभित्र घटनाको सृंखला हुन्छ भन्ने बिषयलाई चरितार्थ पार्दै पछिल्लो पटकको यौन काण्डसँगै बिमानस्थलको भित्रै रहश्य समेत पर्दा फास भएको छैन, बिमानस्थलभित्र कतिसम्मको अनैतिक र निच कामका आँटिला कर्मचारीहरु छन् भन्ने समेत खुलेको छ । ति पक्राउ परेका कर्मचारीको ब्यबहारबाटै त्रिभुवन बिमानस्थलभित्र कतिसम्म बेथिति मौलाएको छ भन्ने प्रस्ट भएको सामाजिक संजालमा आम सर्वसाधारणले लेखेका छन् ।

तलको भिडियोको अन्तिम तिर बिमानस्थलका एक कर्मचारीको बिषयमा पुरा घटना हेर्न सक्नुहुन्छ:


न्युज 24 टिभीको अनुसार पक्राउ परेका प्रहरी बस्यालले घटनामा धेरैको नाम ओकलेका छन् । पत्रकार रवी लामिछानेको टोलीले गरेको अप्रेशनपछी बिमानस्थलमै हंगामा मच्चिएको छ । बिमानस्थलबाट दैनिक हजारौंको संख्यामा जाने नेपाली पुरुष कामदार तथा महिलाहरुसँग छुट्टाछुट्टै अशुली धन्दा चलाइएको पर्दाफास भएपछी त्यसको अनुसन्धानमा प्रहरी जुटेको छ ।

हुनत बिमानस्थालको बिषयमा दैनिक बिभिन्न बेथितिहरु सार्वजनिक हुँदै आएका छन् । मासिकजस्तो बिभिन्न ठूला घटनामा बिमानस्थल मुछिएको छ तर पछिल्लो पटक यौन काण्डमा समेत विमानस्थल मुछिदा र संचार मध्यमकै सक्रियतामा आरोपीका सबै कुरा रेकर्ड गर्न सक्दा यो पटक पनि बिमानस्थलका धेरै बेथितिहरु बाहिरिने विश्वास गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment