Saturday, April 15, 2017

कोरे एन्डर्सनको बिस्फोटक ब्याटिङमा दिल्लीको स्कोर १ सय ८८ रन

अन्तिम २ ओभरमा कोरे एन्डर्सन र प्याट कुमिन्सले ३५ रन जोडेपछि दिल्ली डेयरडेभिल्सले किङ्स इलेभेन पञ्जावलाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ।

एन्डर्सनले अन्तिम ४ बल खेल्ने क्रममा ३ छक्का र १ चौका प्रहार गरेका थिए। उनले १८ ओभरको पटेलको पाँचौ र छैटौं बललाई छक्का हानेका थिए। यस्तै, १९ ओभरको सन्दीप शर्माको पाँचौ र छैटौं बलमा पनि उनले चौका र छक्का प्रहार गरेका थिए।

यी दुवैले सातौ विकेटका लागि अन्तिम १९ बलमा अविजित ३७ रनको साझेदारी गरेका थिए। एन्डर्सन ३ छक्का र ३ चौकाको सहयोगले २२ बलमा ३९ रन बनाउदै अविजित रहे। यस्तै कुमिन्सले पनि ६ बलमा २ चौका हिर्काउदै अविजित १२ रन बनाए।

यसअघि साम विलिङ्सले ९ चौकाको सहयोगले ४० बलमा ५५ रन बनाएका थिए। दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment