राष्ट्रिय प्रचार भेलाको बिहीबार काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेविना संविधानलाई सर्वस्वीकार्य बनाउन भनेर सरकार लागिपरेको आरोप लगाए ।
‘चुनाव हुन नदिने षडयन्त्रमा एमाले लाग्यो भनेर प्रचार गरिँदैछ,’ ओलीले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउन यो प्रस्ताव भन्नुहुन्छ तर एमालेसँग छलफल पनि हुँदैन । एमाले बाहेक संविधान सर्वस्वीकार्य हुन्छ ? यो चुनाव नगराउने षडयन्त्र हो । यस्ता थुप्रै विषय छन् ।
हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने अर्को षडयन्त्र गरिएको छ । चुनावको मौका पारेर पहाड र तराई छुट्याउने र अनुसुची नै फेर्ने काम भएको छ । राष्ट्रलाई विखण्डनतिर लैजाने प्रयास सरकारले नै गरेको छ ।’
उनले यो सरकार नै धाँधलीवाज सरकार भएको बताए । ‘हामी चुनावको दौरानमा छौं । चुनाव १, २, ३ कति चरणमा गर्ने भनेर हामीले सरकारसँग छलफल गर्दैनौं । यो सरकारलाई चुनाव नगरी सुखै छैन । हामी जसरी पनि चुनाव गराउँछौं । सरकार बल मिच्याँइ गरेर आउन खोजेको छ । सरकार बढी अहमका साथ नजाओस् यो पनि हामी भन्न चाहन्छौं ।’
उनले आफूलाई केही सञ्चारमाध्यमले मैमत्त नेता भनेर छापेको पनि उल्लेख गरे ।
‘यो सरकारले प्रहरीमा पनि आतंक मच्चाएको छ । डीआईजीलाई गिरफ्तार गरेर चियापानी पनि नदिई थुनियो,’ उनले भने,’सरकार पनि चुनाव भाँड्न लागिपरेको छ । कांग्रेस सभापति पनि चुनाव भाँड्न लागिपरेका छन् ।
उनले जेठ १५ मा पपुलिष्ट बजेट ल्याएर कांग्रेसले त्यसैको आडमा चुनाव जित्ने प्रयास गरेको आरोप लगाए
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment