रुकुम, प्युघा-५, भेरीपोखराकी अञ्जली खड्का नेपालबाट मलेसियामा बारम्बार फोन गर्दै दबिएको स्वरमा क्रन्दन पोख्छिन्- ‘उहाँलाई नेपाल पठाइदिनोस्, घरजग्गा बेचेर भए पनि उपचार गर्छु ।’ पवनलाई यतिबेला अस्पतालबाट निकालेर कामदार बस्ने होस्टलमा राखिएको छ ।
मलेसियामा पवनले भनेअनुसारकै काम र दाम पाइरहेका थिए । काममा उनी खुशी थिए । रुकुममा उनको परिवार पनि खुसी थियो । तर, यो खुशी अहिले कुँजिएको छ । होस्टेलमा पवनसँगै बस्ने साथीहरुका अनुसार उनी अपि्रल ७ तारेखको रात ९ बजेतिर बाहिर निस्किएका थिए । सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिएपछि उनी त्यहीँ ढले ।
नेपालीहरुले नयाँ वर्ष मनाइरहेका दिन शुक्रबार हामी क्लालाम्बपुरमै रहेका पवनका भतिज दिपेन्द्र खड्कासँग बिरामीलाई भेट्न होस्टलमा गयौं । त्यहाँ पुग्दा दीपेन्द्रले आफ्ना काकालाई चिन्न सकेनन् । क्वालालम्पुरबाट करिव दुईघण्टा टाढा रहेको होस्टलमा हामी बिरामी भेट्न गएका थियौं ।
दुर्घटना र उद्धार
पवनले काम गर्ने कम्पनीमा धेरै नेपालीहरु क्लिनरको काम गर्छन । होस्टेलमा पनि ५/७ जना नेपालीसँगै बस्थे उनी । होस्टेलबाट पवनले काम गर्न जाने ठाउँ पैदल हिँड्दा दश मिनेटमै पुगिन्छ ।
पवन दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । एम्बुलेन्समा हालेर उनलाई अस्पतालमा पुर्याइयो । उनलाई अस्पताल पुर्याएपछिमात्रै होस्टेलमा बस्ने साथीले थाहा पाए ।
काम गर्ने कम्पनीले पवनलाई करिव एक महिना अस्पतालमा राखेर उपचार गरायो । एक महिने उपचार पछाडि अहिले उनलाई कम्पनीले होस्टेलमा ल्याएर राखिदिएको छ । तर, उनको अवस्था सुधार भएको छैन । पवनले अहिले कुनै पनि औषधी उपचार पाएका छैनन् ।
सँगै काम गर्ने नेपाली साथीहरु दिनभरि काममा जान्छन् । दिउँसो उनलाई सघाउने कोही हुँदैनन् । बिहान-साँझ भने साथीहरुले सहयोग गर्छन् ।
पवनले दिशा-पिसाब पनि सुतेकै ठाउँमा गर्छन् । उनलाई दिशा-पिसाब आएको होस हुँदैन । गन्ध आएपछि साथीहरुले थाहा पाएर व्यवस्थापन गर्छन् ।
पवनको उपचारका लागि कम्पनीले धेरै नै खर्च गरिसकेको नेपालीहरु बताउँछन् । तर, उनको अवस्थ्ाा खासै सुधि्रएको छैन । कम्पनीले आउँदो बुधवार पुनः अस्पतालमा लैजाने कुरा गरेको होस्टलमा रहेका नेपालीले बताए । होस्टेलमा अहिले उनका लागि कुनै औषधी दिइएको देखिएन ।
प्लास्टर गरेको एउटा खुट्टामा घाउ छ, जहाँबाट पिप निस्किइरहन्छ । अर्काे खुट्टा तन्काउन नमिल्ने भएर कुँजिएको छ । शरीर कुपोषण भएको दुब्लो र कमजोर देखिन्छ ।
त्यसो त पवनका सहोदर दाजु दिलबहादुर खड्का पनि मलेसियाको मलक्का भन्ने ठाउँमा काम गर्छन् । भतिज दीपेन्द्र पनि क्वालालाम्पुरमा छन् । बिरामी भाइका लागि आफू धेरैपटक धाएको दिलबहादुर बताउँछन् ।
अञ्जली खड्का
पवनका साथीहरु भन्छन्- ‘अस्पतालमा राखिदिए बरु चन्दा उठाएर भए पनि उपचार गथ्र्यौं या नेपाल पठाउँथ्यौं, यहाँ हामीहरुलाई बहुतै अप्ठेरो भएको छ ।’ दाजु दिलबहादुर भन्छन्- ‘भाइको यो अवस्था छ, बरु जतिसक्दो नेपाल पठाइदिए राम्रो उपचार पाउने थिए ।’
मलेसियामा पवन दुर्घटनामा परेको खबर पाएदेखि नै श्रीमती अञ्जली खड्का पाँच वर्षको छोरो च्यापेर उद्धारको खोजीमा माइती घर पुगेकी छिन् । उनी मलेसियामा टेलिफोन गरेर बारम्बार भनिरहन्छिन्- ‘बरु नेपालमा भएको जग्गा बेचेर उपचार गराउँछ, तर विदेशमा यस्तो अवस्थामा राख्दिनँ, लौ न सहयोग गरिदिनुपर्यो !’ यसरी विलौना गर्नुबाहेक अञ्जलीसँग अर्को कुनै विकल्प छैन ।
पवनलाई मलेसिया पठाउने म्यान पावर कम्पनीले पनि उनलाई नेपाल झिकाउनका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । कम्पनीका सञ्चालक भन्छन्- ‘मलेसिया पठाएको तीन वर्ष पुगेको भए पनि हामी जिम्मेवारीबाट पछाडि हट्दैनौं नेपाल झिकाउनका लागि के गर्नुपर्छ, दुतावासले पनि भूमिका खेलोस्, हामी पनि तयार छौं ।
पवनका भतिज दीपेन्द्रले नेपाली दुतावासमा यसबारे खबर गरिसकेको बताए ।
अब मलेसियास्थित नेपाली दुतावासको सहयोगले मात्रै पवन स्वदेश र्फकन सक्छन् । तर, ढीलो भयो भने अवस्था झनै जटिल बन्दै जाने देखिन्छ । अनलाईनखबर
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment