यही बोसोलाई कम गरेर स्तनको आयतन कम गरिन्छ । तपाईंले बजारमा प्रचार गरिएका वा पाइने क्रिम, लोसन, जेलजस्ता उत्पादनको कुरा गर्नुभएको छ ।
यी उत्पादक कम्पनीले सफलता अनि प्रभावकारिताको दाबा गरे पनि यस्ता उत्पादनको दीर्घकालीन प्रभावका बारेमा पर्याप्त वैज्ञानिक अनुसन्धान अनि पुष्टि अझै पनि भैसकेको स्थिति छैन ।
त्यसैले तिनको प्रयोग त्यति बुद्धिमानी नहोला । ती उत्पादनले पनि स्तनमा बोसो जम्मा हुन नदिने कुरा नै गर्छन् ।
प्रभावकारी रूपमा स्तन सानो बनाउन ‘स्तन न्यूनीकरण’ भनिने शल्यक्रिया गर्नुपर्छ ।
शल्यक्रियाको तयारी आवश्यकताअनुरूप शल्यचिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ । त्यसका साथै ‘पर्न सक्ने’ नकारात्मक असरहरूका बारेमा पनि शल्यचिकित्सकसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ ।
केही परिस्थितिमा स्तनपानलाई नकारात्मक असर पार्न सक्छ । आफ्नो नयाँ शारीरिक रूप तथा मानसिक व्यवस्थापन गर्न केही समय लाग्छ । शल्यक्रिया नगर्ने स्थितिमा शरीरको तौल बढी छ भने त्यसलाई घटाउनु र व्यायाम गर्नु स्वस्थ उपाय हो ।
अर्को कुरा भाग्यवश स्तन छोपेर राखिने अङ्ग हो । थुनचोलीजस्ता भित्री पहिरन होस् वा बाह्य पहिरन, त्यसको सही छनौट गर्न सकियो भने पनि स्तनको उभारलाई एक हदसम्म लुकाउन सकिन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment