आगामी चुनाबमा त्यस्तो नेता र पार्टीलाई भोट हालौं जसले इमान्दार पूर्वक भन्न सकोस्, कि ‘हामीले जित्यौं भने नेपाल–भारत सीमानामा काँडेतारको पर्खाल लगाउने छौं ।’ तर, नेपाली राजनीतिक दल र नेताहरुले त्यस्तो भन्लान् भनेर आश गर्ने ठाउ भने धेरै कम छ । त्यसकारण संसारभर छरिएर रहेका नेपालीहरुनै यो काम गर्न संगठित भएर लाग्नुपर्ने देखिन्छ ।
तर, उसले नेपाली सीमानामा अर्ध सैनिक दस्ता ‘सशस्त्र सीमा बल’ (एसएसबी) स्थायी रुपले खटाएको छ । भारतलाई नेपाली सीमानामा सीमा सुरक्षा बल खटाउन आवश्यकपर्ने तर नेपालले चाँही खटाउन आवश्यक नपर्ने यो कस्तो बिडम्बना हो ? सीमानामा पर्खाल नभएर नेपाल गेट र कम्पाउण्ड नभएको घर जस्तै बनेको छ ।
अर्को कुरा अधिकांश नेपाली नेता नेपाल–भारत सीमामा काँडेतार लगाउ भनेर आवाज उठाउन चाहँदैनन् । किनकि यस्तो माग उठायो भने भारत रिसाएर सत्तामा जान असर पर्ला भन्ने डर छ । बाँकि नेतालाई नेपाल–भारत सीमानामा काँडेतारको बार लगाउन अत्यावश्यक छ भन्ने ज्ञान वा विवेक नै छैन् ।
१९४७ मा भारत स्वत्रन्त्र भएदेखि लाखौं हेक्टर नेपाली भूमि भारतले मिचिसकेको छ । तर, यसबारे न त नेपाल सरकार गम्भीर छ, न नेपाली राजनीतिज्ञहरु नै । त्यसैले यो काम ब्यापक जनदबाबबाट मात्र हुन् सक्छ, कि जनता आफै लागे मात्र हुन् सक्छ ।
नेपाल–भारत सीमानामा काँडेतार लगाउनुको धेरै नै ठूलो फाइदा छ । भारतीय डाकाहरुको लुटपाट र अपहरणबाट सीमाबासी नेपालीहरुलाई बचाउन सकिन्छ । जसले गर्दा उनीहरुले शान्ति सुरक्षाको महशुस गर्नेछन् । अनि मात्रै आन्तरिक र बिदेशी पर्यटक बढेर तराईमा रोजगारी सृजना हुन्छ । शान्ति सुरक्षा नै छैन भने ज्यानको माया मारेर को आउछ घुम्न ?
शान्ति सुरक्षा नभएको ठाउँमा आमा–बाउहरुले आफ्ना सन्तानहरुलाई कदापी घुम्न जान दिँदैनन् । अर्को कुरा सीमानामा बार हुँदा तस्करी रोकिन्छ र राजश्व पनि बढ्छ । भारतमा अपराध गरेर नेपालतिर लुक्ने अनि अपराध गरेर भारततिर लुक्नेहरुलाई नियन्त्रण गर्न पनि सजिलो हुन्छ । त्यस्तै, भारतीय अबैध आप्रबासीहरु पनि रोकिन्छन ।
यदि भारत इमान्दार हुने हो भने नेपाल–भारत सीमानामा काँडेतार लगाउने खर्च आधा–आधा व्यहोर्नु पर्छ । सीमानामा बार लगाउदा नेपाललाई जत्तिकै भारतलाई पनि फाइदा छ । तर, सीमानामा बार हाल्दा नेपाल–भारतबाट छुट्टियो भने जस्तो सोचाई भारतको छ । त्यसैले सारा नेपालीको एउटै बोली हुने हो भने मात्र नेपाल–भारत सीमानामा पर्खाल लगाउन राजि हुनेछ ।
नेपाल सरकारले भारतलाई आजको बदलिदो परस्थितिमा सीमानामा काँडेतार लगाएर व्यवस्थित गर्नु अनिबार्य छ भनेर बुझाउन सक्नुपर्छ । बास्तबमा सीमाना व्यवस्थित गर्दा भारतलाई कुनै पनि घाटा छैन । तर, भारतको भित्री एजेन्डा पूरा गर्न नेपाल–भारतबीचको पर्खाल भारतको लागि तगारो हुने डर भारतलाई हुन् सक्छ ।
आगामी चुनाबमा त्यस्तो नेता र पार्टीलाई भोट हालौं जसले इमान्दार पूर्वक भन्न सकोस्, कि ‘हामीले जित्यौं भने नेपाल–भारत सीमानामा काँडेतारको पर्खाल लगाउने छौं ।’ तर, नेपाली राजनीतिक दल र नेताहरुले त्यस्तो भन्लान् भनेर आश गर्ने ठाउ भने धेरै कम छ । त्यसकारण संसारभर छरिएर रहेका नेपालीहरुनै यो काम गर्न संगठित भएर लाग्नुपर्ने देखिन्छ ।
अस्तव्यस्त तराईलाई व्यवस्थित गर्ने हो भने नेपाल–भारत सीमानामा काँडेतार लगाउनुको अर्को कुनै बिकल्प नै छैन । तर, नेपाल–भारत सीमामा काँडेतारको बार नलगाएर हिमाल पहाड र तराईबीच काँडेतारको बार लगाउन खोजिदैछ । जात र जातिबीच पहिचान, धर्म र बिचारको पर्खाल लगाउन खोजिदै छ । अहिलेको तराईको मुख्य समस्या पनि यहि हो ।
अब हामीले नेपाल–भारत सीमानामा पर्खाल हाल्नका लागि नेपाल सरकारका नाममा कुनै बैंकमा छुट्टै बैंक एकाउन्ट खोलौं, अनि संसार भरि छरिएर रहेका नेपालीहरुले सो खातामा आफूले सकेको रकम जम्मा गरौं । सो रकम नेपाल सरकार बाहेक अरु कसैले निकाल्न सक्दैन वा निकाल्न मिल्दैन ।
क–कसले कहाँबाट कति रकम जम्मा गरेको हो, सो को विवरण बैंकले राखिदियोस् । रकम जम्मा हुँदै गर्दा कसरी सीमानामा बार लगाउने भनेर बिज्ञको सहयोगमा मापदण्ड बनाएर काम पनि सुरु गरौं । यसरी जम्मा भएको रकम भ्रष्टाचार र अनियमिता नहोस् भनेर पारदर्शी संयन्त्र बनाऔं ।
यदि नेपाल आमालाई माया गर्ने कोही कसैले बैंक खोल्नुछ भने नेपाल सरकारको नाममा खाता खोल्न सहयोग गरिदिनु हुन् अनुरोध छ । खाता खोल्न चाहिने रकम लिएर हाजिर हुन् यो लेखक सँधै तयार छ । देश बनाउने कुनै भिजन नभएका, भ्रष्ट, इमान्दारिताको खडेरी परेका र पुरातनबादी सोच भएका असक्षम नेताहरुले चलाएको सरकारको मुख ताक्ने हो भने कुनै दिन नेपालको अस्तित्व नै मेटिन सक्छ ।
जनताले अझै दुःख पाउन सक्छन । नभए हामीले दुःख पायौं–पायौ हाम्रा सन्ततिले पनि सुख पाउने छैनन् । आफ्नो राजनीतिक फाइदाका लागि अनेक थरी बखेडा झिकेर मुलुकलाई बन्दी बनाउनेहरुले यस्ता दुरगामी महत्वका काम गर्लान् भनेर कसरी आश गर्ने ? त्यसैले संसारभर छरिएर रहनुभएका देशभक्त नेपालीहरुलाई यो योजनामा साथ दिएर नेपाललाई शान्ति र सम्बृद्धितर्फ अगाडि बढ्न सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछु । संसारभर रहेका नेपालीहरुले आफूले सकेको सहयोग गर्ने हो भने नेपाल–भारत सीमामा काँडेतारको बार लगाउन कुनै गाह्रो छैन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment