Wednesday, April 12, 2017

कण्डम किन्न लाज मानेर यौनसम्पर्क गर्न प्लाष्टिकको झोला प्रयोग गरेपछि

 यौन सम्पर्क गर्नका लागि कण्डम किन्न लाज मान्दा भियतनामको राजधानी हानोईका एक जोडीलाई झन ठूलो अप्ठेरो खेप्नु परेको छ । उनीहरुले कण्डमको सट्टा प्लाष्टिक प्रयोग गरेपछि अस्पताल भर्ना हुनुपरेको हो ।

प्लाष्टिकको घर्षणले यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी सञ्चार माध्यमले जनाएका छन् ।

डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ हो । यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ । त्यहाँका करिब २५ प्रतिशत विद्यार्थीले कण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताएका छन् ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment