स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ ।
यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र उसले वस्तुमाथि लेजर प्रकाश फ्याँक्दछ ।
हरेक लेजर फ्लास भिजुअल्ली कोडिङ हुन्छ जसले अर्को तस्वीरमा असर गर्दैन । यसअघि विश्वको सबैभन्दा तेज क्यामराको उपाधि जापानको टोक्यो युनिभर्सिटीका वैज्ञानिकले तयार पारेको क्यामराको नाउँमा रहेको छ
उक्त जापानी क्यामराले एक सेकेण्डमा ४ करोड वटा फोटो खिच्न सक्दछ । वैज्ञानिक तथा औद्योगिक अनुसन्धानमा यो तिव्र गतिको क्यामराले विशेष भूमिका निभाउन सक्ने बताइएको छ । साथै रसायन विज्ञानमा विभिन्न तत्वको अध्ययनमा पनि यसको प्रयोग गर्न सकिनेछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment