सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाअभियोग फिर्ता लिने निर्णय लिन नसक्ने बताए ।
‘तपाईले भनेजस्तै महाअभियोग फिर्ता लिन म एक्लैले निर्णय लिन सकिने अवस्था छैन,’ ओलीको आग्रहमा प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ।
त्यसपछि एमाले अध्यक्ष ओलीले फिर्ता नलिने भए महाअभियोग प्रस्ताव तत्काल संसदमा पेश गर्न आग्रह गरे । अध्यक्ष ओलीले कार्कीको कार्यकाल एक महिना मात्रै बाँकी रहेको अवस्थामा उनीविरुद्धको महाअभियोग प्रस्ताव धेरै दिन संसदमा अड्काएर राख्न नमिल्ने बताएका थिए ।
महाअभियोग प्रस्तावलाई संसदमै अड्काउने कोशिष गरिए आफूहरुले प्रतिकार गर्ने एमाले अध्यक्षको भनाइ थियो
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment