Monday, May 1, 2017

समाजवादी फोरमले भन्यो, 'संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला'

काठमडौँ, १८ वैशाख, सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ ।

अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्तिमार्फत प्रधानन्यायाधीश कार्कीविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) द्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार भएको विज्ञप्तिमा जनाइएको छ । सो पार्टीले उक्त महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment