जसअनुसार नेपालमा सुनको तोलामा ३२ हजार रुपैयाँसम्म पुग्ने छ । अहिले नेपालमा तोलाको ४८ हजारमा कारोवार भइरहेको छ ।इन्वेस्टमेन्ट बैंकर मार्गन स्टेनलीले आफ्नो रिपोर्टमा भनेका छन्- अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेर ८०० डलर प्रति तोलासम्म आउन सक्छ । जसका कारण घरेलु बजारमा पनि सुनको मूल्य तोलाको २० हजार रुपैयाँ तोकिने छ । भने नेपालको घरेलु बजारमा ३२ हजार तोकिने छ ।
मार्गन स्टेनलीको रिपोर्टमा सुनका लागि वातावरण खराब हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति तोला १०८६.१८ मा झरेको थियो, जबकि यो मुल्य २०१० पछि कै सस्तो थियो । २००८ मा सुनको मूल्य तोलाको ८०० डलर थियो । मार्गन स्टेनलीले २०१५ का लागि औसत मूल्य ११९० डलर रहने अनुमान गरेका छन् ।
गोल्डमैन सैक्सका अनुसार अमेरिका ब्याजदर बढ़ाउने तैयारी गरिरहेको छ, जसका कारण डलर बोलियो हुँदैछ । त्यहीकारण लगानीकर्ता सुनमा पैसा लगाउन छाड्नेछ । गोल्डमैनका अनुसार त्यसपछि सुनको मूल्य १००० डलर प्रति तोला सम्म घट्न सक्छ ।
यी कारणबाट सुनको मूल्य २० हजार भारु अर्थात ३२ हजार नेपाली पुग्न सक्छ :
१) अमेरिकामा ब्याजदर बढ्ने सम्भावना ।
२) डलर इण्डेक्स लगातार बोलियो हुनु (डलर बोलियो हुने वित्तिकै सुनको भाउ घट्छ) ।
३) चीनमा माग घटेपछि भण्डार गरिएको सुन सस्तोमा आयात हुनु ।
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment