तर त्यो खवर झुटो रहेछ । दशै अघि मोटरसाइकल दुर्घटनामा परेको खवरले उनका प्रसंशक र आफन्तलाई निक्कै मर्माहत बनायो । त्यो भन्दा धेरै स्वयं बलेलाई नै पिरलो यो समाचारले । त्यो समाचार कहाँबाट कसरी आयो भन्नेबारे बले पनि अनविज्ञ नै छन् । उनी भन्छन् ‘ आफै मरेको खवर सुन्दा परिवारलाई तनाव भयो मलाई भन्दा पनि ।’ मरेको खवरले दशै समेत राम्रो भएन । उनका आफन्त र शुभेच्छुकले सोधेर हैरान पारे ।
उनी भन्छन् ‘ पहिलो पटक यो खवर सुनेर कमलमणी नेपाल दाईले फोन गर्नुभयो र भन्नुभयो तिम्लाई कस्तो छ ?’ मैले भने मलाई के भाको छ र ? दाईले फेरी भन्नुभयो नढाँट साँचो कुरा बताउ, । अनि बल्ल मैले थाहा पाए बजारमा म मरेको खवर फैलिएको रहेछ । ’बलेले नेपालीकलालाई भने मेरो दुर्घटनाको खबरमा दुखी हुने सवैलाई धन्यवाद । तपाईको माया सधै पाइरहुँ । ’ स्याङ्जा चिन्नेवास ६ का २५ बर्षिय तन्नेरी सागर छोटो समयमा हास्य बिधामा स्थापित भएका छन् । दुर्घटनाको समाचार पनि आउनु त्यही बेला टेलिभिजनमा भद्रगोल रोकिदा बलेको निधनको खवर धेरै फैलिएको हो ।source express khabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment