उनका ज्वाइँ युवा नेता गगन थापा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने भएका छन् । थापाले पनि आफ्नो तयारी तीव्र पारेका छन् । थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी हुने तयारी गरेका हुन् । देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन् ।
‘अब थापा पछि हट्ने अवस्थामा पनि छैनन्, अघि बढ्न पनि पारिवारिक तनाव छ,’ उनीनिकट स्रोतले भन्यो । यी दुवैले एक–अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन् । थापाले आफू कुनै प्यानलमा परे नेता केसीले छाडिदिने संकेत आएको बताउँदै आएका छन् ।
तर, केसी फुटेको समूहबाट नभएर संस्थापन या देउवा पक्षको प्यानलमा थापा परे मात्रै आफू उम्मेदवार नहुने बताएको सुनाउँछन् ।
‘कृष्णप्रसाद सिटौला नै संस्थापन पक्षको उम्मेदवार भएर ज्वाइँलाई महामन्त्रीमा राखे म विचार गर्छु,’ केसीले कान्तिपुरसँग भने, ‘तर कुनै टुक्रे प्यानलमा परेमा मैले छाड्छु भनेर भनेको छैन ।’ थापाले अन्य प्रतिक्रिया नदिई एक/दुई दिनको अवस्था हेरेर आफ्नो औपचारिक धारणा आउने बताए ।
kantipur
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment