Thursday, February 25, 2016

‘हिन्दू राज्य’ मोदीको सन्देश

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पुनः हिन्दू राज्यको संवैधानिक हैसियत स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । नयाँदिल्लीमा शनिबार मध्याह्न दुई प्रधानमन्त्रीबीच ४० मिनेट भएको एकल (वान अन वान) वार्तामा मोदीले यस्तो आग्रह गरेका हुन् ।

नेपाल हिन्दू राज्य हुनुपर्छ भन्ने मोदीको आफ्नै मान्यता र उनको दल भारतीय जनता पार्टीको दबाबका आधारमा उनले ओलीलाई यस्तो आग्रह गरेको पनि स्रोतले बतायो । यद्यपि ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार र अस्वीकार कुनै कुरा स्पष्टसँग भन्न नसके पनि आफूले स्वीकारेको राजनीतिमा उक्त प्रस्तावले अप्ठ्यारो पर्न सक्ने धारणा राखेका थिए ।

कांग्रेस आईको नेतृत्वमा रहेको भारतको पूर्ववर्ती सरकारले नेपाललाई गणतान्त्रिक धर्मनिरपेक्ष बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment