गत पुस ३० गते पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रवासमा चम्ल्याहा जन्मिएपछि उपचारमै अस्पतालमा रहेका बाबु जनक कुँवरले पछिल्लो पटक कान्छा छोराको आँखामा समस्या भएको भन्दै सहयोगको याचना गरेका हुन ।
गुल्मी जैसीथोक गाविस–२ घर भएका कुँवरकी २६ वर्षीया श्रीमति गीताले २ छोरा र २ छोरी जन्माएकी थिइन् । चम्ल्याहा जन्मिएदेखि नै लुम्बिनी मेडिकल कलेजमा उपचारार्थ रहेका बच्चाहरुमध्ये कान्छो छोराको आँखाको नानीभित्र पिप जमेको चिकित्सकहरुले बताएका छन् ।
अहिले उनीहरु चारवटै छोराछोरी लिएर भैरहवास्थित रण अम्बिका आँखा अस्पतालमा उपचारका लागि पुगेका छन् । कुँवर दम्पतीले अस्पतालको शैयाबाट शनिवार अन्नपूर्ण अनलाइनलाई फोन गरि आर्थिक अभावले उपचारमा समस्या भएपछि सहयोग जुटाइदिन आग्रह गरेका हुन ।
आँखा अस्पतालले छिट्टै काठमाडौंस्थित टिचिङ अस्पतालमा पुर्याएर बच्चाको आँखाको अप्रेसन गर्न रिफर गरेका छन् । तर पैसा नभएर जान नसकेको उनीहरुको गुनासो छ ।
‘एउटा बच्चालाई मात्र लगेर भएन, चारै जनालाई लिएर जाँदा समस्या छ’, कुँवरले भने, ‘भएको रकम सबै सकियो कसरी अस्पताल लैजाने ?’ उनले आफ्नो मोबाइल ९८४७८९८४१४ मा सम्पर्क गरेर सहयोग रकम जुटाई दिन आग्रह गरेका छन् ।
चिकित्सको सल्लाह अनुसार सुत्केरीदेखि अस्पतालमा रहेका कुँवर दम्पतीले अहिलेसम्म दाताहरुले सहयोग गरेको साढे दुईलाखसहित ७ लाख रुपैयाँ खर्च भईसकेको बताएका छन् ।
आर्थिक अवस्था कमजोर भएकालो एक वर्षअघि मलेसियामा वैदेशिक रोजगारमा पुगेका कुँवरले विदेशमा राम्रो कमाई नभएकाले घर फर्केको बताएका छन् । बच्चा जन्मिदा दुईजनाको १ केजी ७ सय ग्राम, र अन्य दुईजनाको क्रमशः १ केजी ५ सय १ केजी ७ सय ग्राम तौल रहेको थियो ।
स्वस्थ रहेका अन्य बच्चाहरु मध्ये अहिले दुईजनाको ३ केजी र १ जनाको २ केजी छ भने बिरामीको १ केजी ३ सय ग्राम तौल रहेको कुँवरले बताए ।
उनको २०६९ सालमा प्युठानमा विवाह भएको थियो । यसअघि २०७० सालमा पनि कँवर दम्पतीका जुम्ल्या बच्चा भएका थिए । तर उनीहरुको केही दिनमै मृत्यु भएको थियो ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment