Saturday, February 27, 2016

मधेसवादी दलका नेताहरु धमाधम एमालेमा प्रवेश, को-को आए ?

भोजपुर, १५ फागुन । आन्दोलन गरेर थाकेका मधेसवादी दलका नेता तथा कार्यकर्ता नेकपा एमालेमा आउन थालेका छन ।
यसैक्रममा संघीय समाजवादी फोरम नेपालका नेताहरू एमालेमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरीय नेतामध्येका जिल्ला सदस्य तिर्थ कुमार राई र उद्धब राई एमालेमा आएका हुन् ।
एमालेले तराईमा चलाएको जागरण अभियानबाट प्रभावित भएर उनीहरु पार्टीमा समावेश भएका हुन् ।
संघीय समाजवादी फोरम नेपालले आफूहरुले सोचेजस्तो काम नगरेकोले पुरानै घरमा फर्किएको उनीहरुले बताए । तिर्थ कुमार राई शनिबार ६ नम्बर इलाका मानेडाँडामा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
यसअघि एमालेमै सक्रिय दुबै जना अशोक राईसँगै संघीयमा सुरुदेखी नै लागेका थिए । अन्य नेताहरू पनि ठूलो संख्यामा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उद्धब राईले बताए ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment