हरियाणाको रोहतकमा राज्यका अर्थ मन्त्रीको घरमै आगजनी गरिएको छ भने मारिने तीन जना पनि त्यहींका छन् । परिस्थिति नियन्त्रण गर्न आठ जिल्लामा सेना तैनाथ गरिएको छ । भिवानी जिल्ला पनि बढी प्रभावित भएको छ । शहरका विभिन्न स्थानमा कफ्र्यू लगाइएको छ ।
हिंसा मच्चाउनेलाई देख्ने वित्तिकै गोली हान्ने आदेश सरकारले सुरक्षाकर्मीलाई दिएको छ । उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ ।
हरियाणको विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल गाडीको सेवा बन्द गरिएको छ ।
प्रभावित क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएको छ । राज्यका मूख्यमन्त्री मनोहर लाल खट्टरले विधानसभाको आगामी संसद सत्रमा जाट आरक्षणका लागि ठोस कदम लिने आश्वासन दिएपनि आन्दोलनकारी पत्याएका छैनन् । (एजेन्सी)
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment