Friday, February 26, 2016

पोखरा–जोमसोम रुट डरलाग्दो, सबै जहाज केहीबेर हराउँछन्

पोखरा – पोखराबाट उडेको १० मिनेटमा घोरेपानी, ६–७ मिनेट आकासमै गायव रही टावरसँग सम्पर्कमै नआउनु अनि त्यसको ४–५ मिनेटमा मुस्ताङ अवतरण ।

पोखरा–जोमसोम हवाई उडान भर्ने प्रत्येक जहाजको नियमित स्वभाव हो यो । करिब २० मिनेटको यस रुटमा उड्ने जहाजलाई निगरानी गर्न पोखरा र जोमसोममा दुई टावर छन् । पोखराबाट घोरेपानीको आकाश छोएपछि जहाजमा के हुन्छ, जहाज र यात्रुको अवस्था के छ , न पोखराको टावरले थाहा पाउँछ न त जोमसोमले । त्यसयता गन्तव्यसम्मको यात्रा पूर्णतः चालककै तजबिजीमा निर्भर हुन्छ ।

उड्डयन क्षेत्रका विज्ञ उक्त रुटलाई निकै डरलाग्दो मान्छन् । त्यसो त झन्डै चारवर्षे अवधिमा पोखरा–जोमसोम हवाई रुटमा तीन जहाज दुर्घटनामा परेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

www.ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment