Friday, February 26, 2016

पौडेललाई सभापति बनाउन महतको निवासमा भेला

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसंगै कार्यबाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षका नेता फकाएर साझा उम्मेदवार बन्न लागि परेका छन् ।
बरिष्ठ नेता शेरवहादुर देउवा पनि एक दुई दिनभित्रैमा प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । साझा उम्मेदवार बनाउनेभन्दै केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीवार संस्थापन पक्षका नेताको गोप्य बैठक बसे पनि सभापतिका आकांक्षीले दाबी छोडेका छैनन् ।
सभापति सुशील कोइरालाको निधनपछि आफू स्वभाविक उम्मेदवार भएको कार्यबाहक सभापति पौडेलले दाबी गरेका छन् । बिहीवार साँझको बैठकमा उनले अन्य आकांक्षीसंग सहयोग मागेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
दर्जन नेता उपस्थित भेटमा पौडेलले सबैलाई उचित अवसरसहित पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन् । तर सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पार्टी नेतृत्व लिनका लागि पौडेलसंग कार्ययोजना मागेका छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment