भारतले अघोषित नाकाबन्दीबाट पछि हटेर ठूलो महत्त्वका साथ स्वागत, सत्कार र सम्झौता गरे पनि एकल भेटवार्ता सोचेअनुरूप उपलब्धिमूलक हुन नसकेको प्रधानमन्त्रीको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
वान टु वान होइन, अरू पनि थिए
प्रधानमन्त्री ओलीले मोदीसँगको भेटवार्ता बाहिर वान टु वानको प्रचार भए पनि त्यस्तो नभएको बताए । ‘त्यहाँ भारतका तर्फबाट नोट गर्ने मान्छेदेखि सेक्युरिटीतर्फका मान्छे पनि थिए’, ओलीको ब्रिफिङ उदृत गर्दै एक शीर्ष नेताले भने, ‘त्यसैले दुई देशबीच सम्बन्ध प्रगाढ बनाउने गरी जुन रूपमा खुलेर कुरा हुनुपर्ने थियो, साँचो अर्थमा अर्थपूर्ण कुराकानी हुन पाएन।’
ओलीले मोदीसँग गत ८ गते हैदराबाद हाउसमा ३५ मिनेट छुट्टै कुराकानी गरेका थिए ।
दुई देशका प्रधानमन्त्रीबीच छुट्टै वार्ता सम्पन्न भएपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
मोदीसँग अडान राखेँ, रिजर्भेसन किन ?
प्रधानमन्त्री ओलीले आफूले मोदीसँगको भेटमा प्रस्ट अडानसहित कुरा राखेको दाबी गरे ।
‘अडानका साथ आफ्ना कुरा राखियो, संविधानसभाको ९० प्रतिशत बहुमतले संविधान जारी गरेको हो, यसमा तपाईंहरूको रिजर्भेसन किन ?’ ओलीले मोदीसंगको संवाद बैठकमा सुनाए।
मोदीले ‘हाम्रो चाहना त केवल तपाईंहरू मिलेर जानुहोस् भन्ने मात्र रहेको’ जवाफ दिएको उनले बताए ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment