Thursday, February 25, 2016

जलेका शवका टुक्रा संकलन गरी पोखरा ल्याइदै

१३ फागुन, म्याग्दी ।

बुधबार बिहान पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको दाना गाविस वडा न: २ स्थित सोलिघोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतकको पहिचान गर्न नसक्ने र सक्ने शवहरुको टुक्रा संकलन कार्य सुरु भएको छ ।

बुधबार दिउँसो २ बजेबाट सुरक्षकर्मीले शव संकलन कार्य थालिए पनि साँझपख भएको हिउँपातका कारण शव खोजी कार्य रोकेका थिए ।

बुधबार बेलुकी दुर्घटनाग्रस्त स्थानमा बास बसेका सुरक्षाकर्मीले हाल शवको टुक्रा खोज्ने क्रमलाई तीव्र पारेको छ


उनीहरुले बुधबार १९ वटा शब संकलन गरेका थिए । वाँकी शबका टुक्राटुक्री जम्मा गर्ने काम विहानैबाट सुरु भएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले जानकारी दिए ।

घटनास्थलमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राति सोहि स्थानमा वास बसेर विहानबाट पुन वाँकी शबको खोजी सुरु गरेका हुन् ।

एक जना नावालक र महिलाको शब पहिचान गर्न सक्ने अबस्थामा भएपनि अन्यको शब क्षतविक्षत अबस्थामा भेटिएको छ । केहिको शब आगोले जलेको अबस्थामा छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment