नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस पनि विस्तारै सरकारमा सामेल हुने बताएका छन् ।
पाँचथरको फिदिममा आज रासससँग कुराकानी गर्दै उनले नेपाली काँग्रेसको १३औँ महाधिवेशनपछि काँग्रेससमेतको सहभागितामा एमाले नेतृत्वको सहमतीय सरकार बन्ने बताएका हुन । विगतमा एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि काँग्रेस प्रतिपक्षमा बस्दा जटिलता बढेको उनको भनाइ थियो ।
अब सबै दल एक ठाउँमा नउभिए नयाँ संविधानको कार्यान्वयनमा लैजान चुनौती थपिने बताए । यस्तै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशमा देखिएको सम्बन्ध समधुर बन्ने उनले विश्वास व्यक्त गरे । अहिलेको भ्रमण ठूलो उपलब्धि हात पार्नेभन्दा पनि चिसिएको सम्बन्धलाई अघि बढाउनेमात्रै भएको पनि उनले उल्लेख गरे ।
nepaliheadlines.
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment