Wednesday, February 24, 2016

बक्तब्य नआउँदैमा भ्रमण असफल भयो भन्न मिल्दैन- प्रधानमन्त्री ओली

१२ फागुन, काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त बक्तब्य नआउँदैमा आफ्नो भ्रमण असफल भएको टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन ।

मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमण बक्तब्यकोलागि नभई भारतको सद्भाव प्राप्त गर्नकोलागि भएको भन्दै आफुले भ्रमणबाट भारतको सद्भाव लिएर जान लागेको बताए ।


प्रधानमन्त्री ओलीले नाकाबन्दी अन्त्य गर्न भारत आएको उल्लेख गर्दै भने,‘ भारतको सद्भाव लिएर नाकाबन्दी अन्त्य गर्न आएको मैले नाकाबन्दी शब्द उल्लेख गरे गरिन भन्ने कुराको अर्थ रहँदैन मैले यहाँको जनता, सरकार र राजनीतिज्ञहरुको राम्रो सद्भाव पाएको छु ।

वेपत्ता विमान तदारुकतासाथ खोज्न प्रधानमन्त्री ओलीको निर्देशन

ओलीको सम्मान तर नेपाली झण्डाको अपमान !

नेपालको संविधानलाई भारतले अझै समर्थन गरेन नि भन्ने जिज्ञासामा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान जारी हुनु महत्वपुर्ण उपलब्धि भएको र विदेश मन्त्री शुष्मा स्वराजले संविधान संसोधन सकारात्मक भएको भनिसकेकोको अर्थ नेपालको संविधानको स्वागत गरेको अर्थ भएकोभन्दै आफ्नो भ्रमणले दुई मुलुकवीच रहेको अविश्वासको बातावरण अन्त्य गरेर सम्बन्धलाई सुमधुर बनाएको दावी गरे ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भ्रमणलाई अतिरञ्जित बनाएको भनि गरेको टिप्पणीमा प्रधानमन्त्रीले भने,‘ कस्ले के भन्छ मलाई मतलब छैन ।

म प्रतिक्रियाको पछि लाग्ने मान्छे होईन । नेपाली जनताको विषय लिएर आएको हु त्यसमा म सफल भए । कसैले टिप्पणी गर्दा सबै कुरा बुझेर टिप्पणी गर्दा राम्रो हुन्छ ।’

भ्रमणमा रहेका मन्त्रीहरु उत्साहित छैनन नि भन्ने जिज्ञासमा उनले यो भ्रमण टिम वर्कमा भएको भन्दै सबै सन्तुष्ट रहेको दावी गरे । प्रधानमन्त्रीले मधेस समस्याको विषयमा कुराकानी भएको भन्दै त्यो समस्या संबाद र सहमतिबाटै टुङगिने विश्वास ब्यक्त गरे ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment