Saturday, February 27, 2016

नेपाल प्रहरीले गर्यो साउदीबाट २२ नेपालीको उद्धार

काठमाडौं, १५ फागुन - वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरेविया आए पनि काम र तलब नपाएर बिचल्ली परेका एक घाइतेसहित २२ नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेको छ।

उनीहरु शनिबार नेपाल फर्किएका छन्।


साउदीको रियादस्थित अल मेसरी इस्ट फर कन्ट्रयाक्टीङ कम्पनीले संझौता अनुसार तलब नदिँदा बिचल्लीमा परेका र एक महिना अघि सवारी दु्र्घटनामा घाइते भएका रेगम बोहराको उचित उपचार गराउन समेत आनाकारी गरेको बेहेरा पीडितले नेपालको महानगरीय प्रहरी अपराध शाखामा जानकारी गराएपछि उनीहरुको उद्धार सम्भव भएको हो।

पीडितहरुले महानगरीय प्रहरी अपराध शाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्पर्क गरेका थिए। त्यसपछि उनीहरुलाई साउदी पठाउने स्वस्तिक म्यानपावर कम्पनीबाटै स्वेदश फिर्ताको लागि बिहीबार टिकट पठाइएको थियो।

महानगरीय प्रहरीको सक्रियतामा वैदेशिक रोजगारका क्रममा ठगिएका युवाको उद्धार गरिएको यो पहिलो घटना हो
dcnepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment