काठमाडौ । कुनै समय राज्यविरुद्द सशस्त्र युद्ध गरेका माओवादी लडाकु अब राष्ट्रका तर्फबाट अर्को मुलुकमा द्वन्द्व रोक्ने शान्ति मिसनमा जाने भएका छन् ।
नेपाली सेनामा समायोजन भएमा माओवादीका पूर्वलडाकु अब शान्ति स्थापना मिसनमा जान लागेका हुन् । २०५२ सालबाट तत्कालीन विद्रोही माओवादीले थालेको सशस्त्र द्वन्द्वमा लडाकुहरु राज्यविरुद्ध सशस्त्र युद्धमा होमिएका थिए ।
‘१२ वर्षमा खोला पनि फर्कन्छ भने झन्डै दुई दशकपछि तिनै पूर्व लडाकु अरु मुलुकमा शान्ति स्थापना गर्न राष्ट्रसंघको शान्ति सेना मिसनमा नेपालको प्रतिनिधित्व गर्दै जानेछन् ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार समायोजन भएकामध्ये करिब ८० देखि ८५ पूर्वलडाकु विभिन्न मुलुकमा शान्ति सेनामा जानेछन् । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment