बिगत तीन वर्षदेखि मलेसियाको मलाकामा रहेका चौमाला गाविस ७ राजिपुरका ३५ वर्षीय जंगबहादुर बिकको हत्या भएको हो । हत्या गरेको आरोपमा मलेसियन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको मलेसियामै रहेका जंगबहादुरका आफन्त पदम बिकले बताए ।
मलाकाको एक कुखुरा फार्ममा काम गर्ने जंगबहादुर फागुन २ गते घरपरिवारलाई पैसा पठाउन भनेर बैंक गएका थिए । बीच बाटोमै नेपालीमुलका ब्यक्तिहरूले होटलमा लगेर खानपान गर्न लगाएर अन्तमा धारिलो हतियार प्रहार गरी पैसा लुटेको पदमको भनाइ छ ।
धारिलो हतियार प्रहारबाट सख्त घाइते भएका जंगबहादुरलाई चार दिनसम्म मलाका अस्पतालमा उपचार गरिएको थियो । पाँचौ दिनमा अस्पतालले मृत घोषणा गरेको बताइन्छ ।
हत्यामा संलग्न रहेको आशंमा मलेसियन प्रहरीले दार्जिलिङ्का चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । हत्याको आरोपमा संलग्न अन्यको खोजबिन गरिरहेको पदमले टेलिफोन सम्पर्कमा बताएको जंगबहादुरकी फूपु इन्द्रा बिकले बताइन् ।
छ महिनाको तलब बुझेर पैसा पठाउन भनेर हिँडेको जंगबहादुरसँग एक हजार ८ सय रिंगेट मात्र फेला परेको पदमको भनाई छ ।
जंगबहादुर सन् २०१३ फ्रेवरीमा ललितपुरस्थित कुनाल इम्प्लाइमेन्ट सर्भिसबाट मलेसिया गएका थिए ।
मृतक जंगबहादुरका घरमा एक नौ वर्षीय छोरा, श्रीमती र वृद्ध बुबा रहेका छन् । जंगबहादुरको घटना सुनेपछि घरमा दिनहुँ रुवाबासी हुनेगरेको छ ।
शव चाँडो घरमा ल्याइदिन जंगबहादुरका आफन्तजनले सरोकारवालालाई आग्रह गरेका छन् ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment