Friday, February 26, 2016

भारत भ्रमण पछि प्रधानमन्त्रीको पहिलो सार्वजनिक सम्बोधन, आज भैरहवा जादैँ

१४ फागुन, भैरहवा।

नेकपा एमालेको जनताको संविधान जनताको माझमा भन्ने अभियानकालागी आज प्रधानमन्त्री केपी शर्माओली रुपन्देहीको भैरहवा जाने भएका छन् ।



प्रधानमन्त्री ओली भैरहवाको सिद्धार्थ रंगशालामा नेकपा एमालेको लुम्बिनी अञ्चल कमीटीको आयोजनामा हुने जनसभामा सहभागी हुने बताईएको छ ।

भारत भ्रमणपछिको प्रधानमन्त्रीको पहिलो सार्वजनिक सम्बोधन भएकोले यसलाई बिशेष महत्वका साथ हेरिएको छ । कार्यक्रममा एमालेले लुम्बिनी अञ्चलका एकलाख बढी कार्यकर्ता उतार्ने बताएको छ । जसका लागि २ करोड खर्च हुने बताईएको छ ।

१२ बजेवाट शुरु हुने सभामा एमालेका ईश्वर पोखरेल, घनश्याम भुषाल, बिष्णु पौडेल लगायतका नेताहरु समेत कार्यक्रममा सहभागी हुनेछन् ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment