काठमाडौंमा बस्ने सचिवालयको बैठकमा आन्दोलनकै विषयमा छलफल हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आन्दोलनलाई राजधानी केन्द्रित बनाउने विषयमा सचिवालयले तयारी गर्नेछ ।
यसैबीच सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन पत्रको भाषा र बुँदाका विषमया पनि छलफल हुने स्रोतले जनाएको छ ।
तराई मधेसमा झण्डै छ महिना कडा आन्दोलन गरेको मधेसी मोर्चा आन्तरिक विवादले गर्दा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने हदसम्म पुगेको छ ।
मधेसी मोर्चाको आन्दोलनमा जनताको समर्थन नरहेको र भारतको मात्रै समर्थन रहेको आरोप लाग्दै आएको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment